global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र बैंकको जनकपुर शाखालाई आपत् : मन्त्री धर्नामा, विद्यार्थी तोडफोडमा

राष्ट्र बैंकको जनकपुर शाखालाई आपत् : मन्त्री धर्नामा, विद्यार्थी तोडफोडमा

राष्ट्र बैंकको जनकपुर शाखालाई आपत् : मन्त्री धर्नामा, विद्यार्थी तोडफोडमा

प्रदेश सरकारले घोषणा गरेको सार्वजानिक विदाको अवज्ञा गरेको भन्दै प्रदेश २ का कानुनमन्त्रीले धर्ना दिएका छन् । प्रदेश सरकारले दिएको विदाको अवज्ञाको विरोधमा जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव धर्ना बसेका छन् ।

संघीय सरकार मातहत रहेको नेपाल राष्ट्र बैंक लगायत बैंक तथा वित्तीय संघ संस्था, जिल्ला प्रशासन कार्यालय, अदालत लगायतका कार्यालयले प्रदेश सरकारले विदा दिए पनि केन्द्रले नदिएको भन्दै कार्यालय सञ्चालन गरेका थिए । यसअघि पनि पद्रेश सरकारले दिएको विदामा ति कार्यालयहरु खुलेका थिए ।

भदौ १० गते जनैपूर्णिमाका दिन मन्त्री यादवले विदा अवज्ञा गर्दै कार्यालय संचालन गरेको भन्दै नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका थिए । तर, प्रदेशमन्त्रीले तालाबन्दी गरेको १ घण्टाभित्रै जिल्ला प्रशासन कार्यालयले ताला फुटाएको थियो ।

 

विद्यार्थीहरुद्वारा विदा अवज्ञा गरेको भन्दै राष्ट्र बैंकमा तोडफोड
प्रदेश सरकारले दिँदै आएको सार्वजानिक विदाको अवज्ञा गरी कार्यालय खोल्दै आएको जनकपुरस्थित राष्ट्र बैंकमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । प्रदेश सरकारले विदा घोषणा गरिए पनि कार्यालय खोलेको भन्दै विद्यार्थीहरुको एक समूहले बैंकभित्र पसेर तोडफोड गरेको भन्दै धनुषा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरिएको विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषाका प्रहरी उपरिक्षक गोबिन्द थपालियाले जानकारी दिए । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेका संघ संस्था बन्द गराउँदै विद्यार्थीहरु नेपाल राष्ट्र बैंकमा पुगेर तोडफोड गरेका थिए ।

प्रकाशित समय : २२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु