गृहपृष्ठ ला लिगामा बार्सिलोनाको शानदार जित
ला लिगामा बार्सिलोनाको शानदार जित
स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ८–२ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । बार्साका लागि लियोनल मेस्सी र लुइस स्वारेजले २ –२ गोल गरे ।
इभान राकिटिच,जोर्डी अल्बा र डेम्बलले १–१ गोलको योगदान दिँदा १ गोल बार्सिलोनाले उपहार पाएको थियो । हुएस्काले खेलको सुरुमै अग्रता लिएको थियो ।
उसका लागि जुवान हर्नान्डेज र फाल्गुएराले गोल गरेका थिए । जितसँगै बार्सिलोना ३ खेलबाट ९ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रकाशित समय : १४:१३ बजे



















