गृहपृष्ठ प्रिमिएर लिगमा म्यानचेष्टर युनाइटेड, वाट्फोर्ड र आर्सनल विजयी
प्रिमिएर लिगमा म्यानचेष्टर युनाइटेड, वाट्फोर्ड र आर्सनल विजयी
इग्ङ्लिस प्रिमिएर लिगमा म्यानचेष्टर युनाइटेड, वाट्फोर्ड र आर्सनल विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेष्टर युनाइटेडले बर्नलीलाई पराजित गरेको छ । युनाइटेडले बर्नलीलाई २–० ले पराजित गरेको हो । युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोल गरे । जितसँगै युनाइटेड ६ अंकका साथ लिगको १० औं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा वाट्फोर्डले टोट्नह्यामको अपराजित यात्रामा पूर्णबिराम लगाएको छ । वाट्फोडले टोट्नह्यामलनई २–१ ले पराजित ग¥यो । टोट्नह्यामले खेलको ५३ औं मिनेटमा उपहार गोल पाएको थियो ।
तर खेलको ६९ औं मिनेटमा ट्रोयले गोल गर्दै खेल बराबरीमा ल्याए । ७ मिनेटलगत्तै वाट्फोर्डका क्याथकर्टले गोल गर्दै जित टिमलाई जित दिलाए । जितसँगै वाट्फोर्ड १२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
अर्को खेलमा आर्सनल विजयी भएको छ । काडिर्फ्सिटीलाई ३–२ ले पराजित गर्दै आर्सनल विजयी भएको हो ।
प्रकाशित समय : १४:२५ बजे



















