जर्बजस्ती करणी गरेको भन्दै उदयपुरमा श्रीमानविरुद्ध उजुरी
वि.सं.२०७५ भदौ ५ मंगलवार २१:२०
shares

आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उदयपुरमा श्रीमतीले आफ्ना श्रीमानलाई पक्राएकी छन् । रौतामाइ गाउँपालिका २ नौले करकुसेका ४५ वर्षीय दीपबहादुर राउत ‘दुर्गा’लाई प्रहरीले पक्राउ गरेको हो । दुर्गाकी श्रीमतीले आफ्नो इच्छाविपरित दुर्गाले सेक्स गरेको भन्दै उजुरी दिएपछि पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ । उजुरीमा दुर्गाले छोरीमाथिसमेत यौन दुव्र्यहार गरेको आरोप लगाइएको छ ।
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा महिलाको मञ्जुरी नलिई करणी गरेमा जबर्जस्ती करणी मानिने उल्लेख छ । मु्लुकी ऐनमा बढीमा १५ वर्षसम्म सजाय रहेकोमा अपराध संहितामा यसलाई बढाएर २० वर्षसम्म पुर्याइएको छ । २० वर्षमाथिको महिलालाई जबरजस्ती करणी गरे ५ देखि ७ वर्षसम्म कैद सजाय व्यवस्था गरिएको छ ।

























