काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हाडालाई प्रसिद्ध लेखन पुरस्कार

20.64K
shares

त्रिभुवन विश्वविद्यालय भक्तपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक गम्भीरबहादुर हाडालाई २०७५ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)को व्यवस्थापनमा प्रदान गरिने सो पुरस्कारको राशी सम्मानपत्रसहित १० हजार छ ।

ग्रामीण विकास एवम् सहभागितात्मक विकास प्रक्रियाका बारेमा नियमितरुपमा कलम चलाई थुप्रै पुस्तक प्रकाशन तथा पत्रपत्रिकामा समेत सयौं लेख रचना प्रकाशित गरी राष्ट्रोत्थानमा योगदान पु¥याएवापत सहप्राध्यापक हाडालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको नेपानले जनाएको छ ।

पुरस्कारका लागि नेपानका अध्यक्ष चेतनाथ कणेंलले आफ्ना स्वर्गीय प्रथम सुपुत्र प्रसिद्ध कँडेलको स्मृतिमा स्थापना गरेको एक लाखको अक्षयकोषबाट सो पुरस्कार पहिलोपटक वितरण गर्न लागिएको हो । रासस ।