global ime bank Long Banner Ad

गृहपृष्ठ संसदको वर्षे अधिवेशन अन्त्य हुँदै, ८ वटा विधेयक पास हुन बाँकी

संसदको वर्षे अधिवेशन अन्त्य हुँदै, ८ वटा विधेयक पास हुन बाँकी

संसदको वर्षे अधिवेशन अन्त्य हुँदै, ८ वटा विधेयक पास हुन बाँकी

प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अधिवेशन अन्त्य हुँदैछ । आज राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ । संसद् सचिवालयमा राष्ट्रपति कार्यालयबाट अधिवेशन अन्त्यको पत्र प्राप्त भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

गत बैसाख २३ बाट सुरु भएको वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक ७९ औं पटक र राष्ट्रियसभाको ६१ औं पटक बसेर अन्त्य हुन लागेको हो । ८ वटा विधेयक पास हुन बाँकी रहँदै वर्षे अधिवेशन अन्त्य हुन लागेको हो ।

चिकित्सा शिक्षा विधेयक लगायत ८ वटा विधेयक पास हुन बाँकी रहेको छ । डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पाश नभए नगरिककोतर्फबाट १६ औं अनशन बस्ने चेतावनी दिएका छन् ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु