global ime bank Long Banner Ad

गृहपृष्ठ निर्मला हत्या प्रकरण : स्थानीयद्वारा फेरि प्रदर्शन सुरु

निर्मला हत्या प्रकरण : स्थानीयद्वारा फेरि प्रदर्शन सुरु

निर्मला हत्या प्रकरण : स्थानीयद्वारा फेरि प्रदर्शन सुरु

 

निर्मला हत्या प्रकरणलाई लिएर महेन्द्रनगरमा स्थानीयले फेरि प्रदर्शन सुरु गरेका छन् । गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधकिारी, प्रहरी उपरिक्षक र प्रहरी नायब उपरिक्षक फेरेपछि शुक्रबार बिहान केही शान्त रहेको महेन्द्रनगरमा स्थानीय पुनः प्रर्दशनमा उत्रिएपछि तनाव सिर्जना भएको छ ।

प्रर्दशनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला समन्वय समिति अगाडि टायर बाल्दै नाराबाजी गरिरहेका छन् । महेन्द्रनगर बजार बिहान शान्त रहे पनि अहिले तनावग्रस्त बन्दै गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्लाको मुख्य राजमार्गमा भने बिहानैदेखी जम्मा भएका स्थानीयले दिनभर प्रर्दशन जारी राखेका थिए । स्थिती तनावग्रस्त भएपछि भीडलाई तितर वितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । उनिहरुले आज विहान भिम रावलले दिएको अभिव्यक्तिविरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित समय : २३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु