काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बलात्कार घटना न्यूनीकरणका लागि हस्ताक्षर अभियान

12.94K
shares

बलात्कार घटना न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न सञ्चारीका समूह लुम्बिनीले बुटवलमा हस्ताक्षर अभियान शुरु गरेको छ । बुटबलस्थित पुष्पलाल पार्कमा आज बिहीबार ११ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर संकलन गरिएको थियो ।

सञ्चारीका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीलगायत प्रदेशसभा सदस्यले पनि ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले चेतनाको अभाव वा अन्य कारणले गर्दा महिला बलात्कृत हुनबाट रोकिएको छैन भन्दै यसको न्यूनीकरणका लागि यस्ता दबाबमूलक क्रियाकलापको अपरिहार्यता रहेको बताए ।

अभियानका क्रममा एक हजारले हस्ताक्षर गरेका थिए । संकलन गरिएको हस्ताक्षर प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेको सञ्चारीका समूह लुम्बिनीकी अध्यक्ष अनमोलले जानकारी दिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही, अन्तर पार्टी महिला सञ्जाल तिलोत्तमा नगरपालिका, दलित महिला संघ (फेडो), महिला जेसिस, स्वतन्त्र विकास समाज, रेडियो मुक्ति, रेडियो रिपब्लिक, सिद्वार्थ सामुदायिक समाज, सेलर्ड रुपन्देही, कदम नेपाल लगायत संस्थाले ऐक्यबद्धता जनाएका थिए । रासस ।