global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ मुलुकी ऐन संशाेधन गर्न माग

नयाँ मुलुकी ऐन संशाेधन गर्न माग

नयाँ मुलुकी ऐन संशाेधन गर्न माग

पत्रकारको गल्तीलाई फौजदारी अपराधमा समेटेको भन्दै मुलुकी देवानी तथा फौजदारी संहिताको संशोधनको माग भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संहिताले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गरेको उल्लेख गरे ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्यले भने ‘नयाँ मुलुकी ऐनले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप ग¥यो यसलाई सरकारले तुरुन्तै संशोधन गर्नुपर्छ ।’

फोटो खिचेको र समाचार सम्प्रेषण गरेको आधारमा कुनै पनि पत्रकारलाई र सञ्चारमाध्यमलाई फौजदारी अपराधमा समेटेर मुद्दा चलाउन र कारबाही गर्न पाइदैन । संहिताले पत्रकारको गल्ती हेरी दुई वर्ष देखि चार वर्ष सम्मको सजाय तोकेको छ ।

नयाँ मुलुकी ऐनले पत्रकारको मात्र नभएर संविधानले दिएको धारा १९ अन्तरगत सुसूचित हुन पाउँने नागरिकको मौलिक हक अधिकारको पनि हनन गरेको छ । प्रेस सम्बन्धी कानुन बनाउँदा सरोकारवालासंगको समन्वयमा बनाउनु पर्नेमा त्यसो नगरिएकाले गुनासो बढेको बताइएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सञ्चार क्षेत्रको चासो र सरोकारको विषयलाई सरकारले सम्बोधन गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

नेपाल वार एसोसियसनका अध्यक्ष शेरबहादुर केशीले संविधानमा प्रेस स्वतन्त्रताको र मौलिक हक अधिकार सम्बन्धी सम्पूर्ण व्यवस्था भएकाले कुनै नयाँ कानुनको आवश्यकता नभएको बताए । डाक्टर र पत्रकार अपराधी हुन् भन्ने कानुन बन्नु हुँदैन् बनेको भएमा खारेज हुनुपर्छ । पत्रकार डर र त्रासमा भए जनतासँग सहि सुचना पुग्न सक्दैन ।

संहिताले सार्वजनिक सरोकारको विषयमा पनि गोपनीयताको हक प्रदान गरेको र यो हकको पनि संसोधन गर्नु पर्ने प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष वोर्णबहादुर कार्कीले बताए ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु