काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्मला हत्या प्रकरण : १२ बजे माइतीघरमा नागरिक भेला

9.79K
shares

निर्मला हत्या प्रकरणको छानबिनको माग गर्दै काठमाडौंको माइतीघरमा नागरिक भेला गरिने भएको छ । निर्मलाको वास्तविक हत्यारालाई जोगाउन खोदिएको भन्दै कञ्चनपुरमा आन्दोलन चिर्कएपछि सरोकारवालाले काठमाडौंमा नागरिक भेलाको आयोजना गर्न लागिएको हो ।

शनिबार दिउँसो १२ बजे नागरिक भेलाको कार्यक्रम राखिएको छ । सामाजिक संजाल ट्वीटर, फेसबुक प्रयोगकर्ता र अधिकारर्मीले माइतीघरमा भेला हुन सबैलाई आग्रह गरेका छन् । सामाजिक संजालमा निर्मलाको हत्यारा जोगाउन खोजेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

शुक्रबार कञ्चनपुरमा निर्मलाको हत्यारालाई पक्राउ गर्न स्थानीयले निकालेको विरोधमा गोली चलाउँदा एक युवाको मृत्यु भएपछि काठमाडौंमा पनि आन्दोलन सुरु भएको हो ।