पासाङल्हामु राजमार्ग अवरुद्ध
वि.सं.२०७५ भदौ ९ शनिवार १६:१५
shares

पहिरो झरेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । ककनी गाउँपालिका–४ चौतीसकिलोमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । गएराति देखि परेको अविरल वर्षापछि पहिरो झरेको हो ।
सो राजमार्ग भएर चल्ने सवारी साधन र यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

























