गृहपृष्ठ समाजवाद निर्माणमा पत्रकारको भूमिका छ : शिक्षामन्त्री पोखरेल
समाजवाद निर्माणमा पत्रकारको भूमिका छ : शिक्षामन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवाद किताबमा लेखेर मात्र नआउने भन्दै पत्रकारले आफ्नो कलमलाई सशत्त बनाउनु पर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल ललितपुरले स्थापना गरेको कृष्ण सेन ‘इच्छुक’ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार तथा मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
मन्त्री पोखरेलले नेपालमा पत्रकारिताको तीन ओटा धार रहेको भन्दै मिलन र इच्छुकले जस्तो समाज परिवर्तनको पक्षमा लाग्न पत्रकारहरुलाई उनको आग्रह थियो । ‘इच्छुक र मिलनहरुको योगदानले आजको परिवर्तन भएको छ,’ उनले भने, ‘अब समाजवाद ल्याउन तपाइहरुको भूमिका राज्यले महशुस गरेको छ ।’ उनले पीत पत्रकारिता, गुट पत्रकारिता र गुजारा मुखी पत्रकारिता रहेको भन्दै यी तिन तत्व बाट माथि उठ्न पर्ने बताए ।
मन्त्री पोखरेलले अहिले अस्पताल बन्द गर्ने, आन्दोलन गर्ने बेला नभएको बताउँदै सबै समस्याको समाधान छलफल, बहस गरेर प्रक्रियागत रुपमा हुने हुँदा नआत्तिन पनि आग्रह गरे ।
सोही कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद राजकाजी महर्जनले अहिले पत्रकारको लागि केही नियमले समस्य पारेको बताउदै केही संसोधन गर्नुपर्ने विषयमा संसदमा संसोधन गर्न समस्य भए हस्तक्षेप गर्न तयार भएको बताए । त्यसका लागि सुझाब तथा सल्लाह दिन पत्रकारसँग आग्रह गरे ।
प्रेस सेन्टर नेपाल ललितपुरद्वारा स्थापित कृष्ण सेन ‘इच्छुक’ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार तथा मिलन नेपाली साहसिक पत्रकारिता पुस्कारबाट विभिन्न विधाका पत्रकारहरुलाई सम्मान गरिएको छ ।
प्रकाशित समय : २०:३३ बजे



















