काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निर्मला र खुनाका परिवारलाई १० लाख राहत दिइने

6.68K
shares

सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्त र प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्नी खुनाका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

शनिबार राति बसेको मन्त्रिपरिषद बैठकले बलात्कारपछि हत्या भएकी पन्तको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार प्रदर्शन क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १४ वर्षीय शनि खुनालाई शहीद घोषणा गरी राहतस्वरुप १० लाख परिवारलाई सहायता दिने निर्णय गरेको हो । सरकारले प्रदर्शनका क्रममा घाईते भएकाको निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।