काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लालबकैया डुंगा दुर्घटना अपडेट : ६ जना बेपत्ता, खोजी जारी

5.28K
shares

रौतहटको लालबकैया नदीमा डुंगा पल्टिदा बेपत्ता भएकाहरुको खोजी भइरहेको छ । शनिबार साँझ डुंगा पल्टिदा हराएकामध्ये २२ जना सम्र्पकमा आएका छन् । अन्य ६ जना हराइ रहेको रौतहट प्रहरीले जनाएको छ ।

उनीहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । डुंगामा अधिकांश खेत बारीमा काम गरेर फर्किएका यात्रु थिए ।

नेपाल र भारतको सीमाक्षेत्रमा डुंगा पल्टिएकाले दुबै देशका सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् । राति उद्धारमा कठिनाइ भएकाले बिहानैदेखि हराइरहेकाको खोजी भइरहेको छ ।