global ime bank Long Banner Ad

गृहपृष्ठ मुटु स्वस्थ राख्न के गर्ने ?

मुटु स्वस्थ राख्न के गर्ने ?

मुटु स्वस्थ राख्न के गर्ने ?

मुटु मानव शरीरको अभिन्न अंग हो । मुटुबिना प्राणीको जीवन सम्भव छैन । यो अंग रक्त सञ्चालनसँग सम्बन्धित छ ।

मुटुले रक्तनलीमार्फत् सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । मुटुमा चारवटा भाग गरेका हुन्छन्, जसमा दुई अउरिकल र दुईवटा भेन्ट्रिकल । शरिरको लागि रगत सञ्चालनको मुख्य काम मुटुले गर्ने गर्छ । त्यसैले हामीले मुटु सधैं सक्रिय र स्वास्थ राख्नुपर्छ ।

यो महत्वपूर्ण अंगको हामीले कसरी सुरक्षा गरेका छौं त ?
अहिलेको समयमा धेरैजसो मानिस सुखभोगी देखिएका छन् । सानो कामका लागि पनि मेसिनको साहरा लिने । हिड्नुको सट्टा यातायातका साधन प्रयोग गर्ने । खानापानमा पनि मिठै चाहिने । तारेका, चिल्लो, नुन, बोसोयुक्त मासु, जंकफुड, रेडिमेट खानामा ध्यान जाने तर हरियो परियो सागपात र फलफूलमा भने फिटिक्कै आँखा नलाग्ने ।

अझै भनौ त : युवा अवस्थामा हुने ह्दयघातको ८० प्रतिशत कारण तनाव, चुरोट, सुर्ती र रक्सी भएको विभिन्न अध्ययनले पुष्टि नै गरिसकेको छ । यी कूलतले मुटुमा बोसो जमाउने क्रम बढाउँछ । रक्तसञ्चारको भल्व बन्द हुन्छ अनि हृदयाघात ।

सन्दर्भ : विश्व मुटु दिवस

याद गर्नुहोस् जति सहजता खोज्यो मुटुुका लागि उति नै घातका हुन्छ । खानापानमा ध्यान र पसिना निस्कने गरी दैनिक अभ्यास गरे मुटुरोगबाट जोगिन सकिन्छ । ह्दयघात बाहेक पनि मुटुका अन्य रोगसँग जुध्न महंगो उपचार लिनुपर्ने हुन्छ ।

कसरी जोगाउन सकिन्छ मुटु ?

– धुम्रपान नगर्ने, गर्ने भए आजैदेखि त्याग्ने, धुम्रपान गरेका भन्दा आडमा बसेकालाई बढी असर गर्छ ।

– मदिराको सेवन नगर्ने, कुनै अवसर विशेषमा खानुपरे पनि मात्रामा ध्यान दिने ।

– नुन कम खाने ।

– डाइटको ख्याल गर्नु पर्छ ।

– सदा सक्रिय रहनुपर्छ ।

– तौल ख्याल गर्नु पर्छ ।

– रक्तचाप र कोलेस्ट्रोलको मात्रा नियमित परीक्षण गर्नुपर्छ ।

– तनावबाट मुक्त रहने ।

– वंशाणुगत रोगको पहिचान गर्ने ।

मुटुको हेरचाह खानपानले नै निर्धारण गर्ने गर्छ । तर योसँगै खुसी जिवनशैली अपनाउन पनि जरुरी छ । मानसिक तनावले मुटुसँगै स्मरण शक्तिमा समेत असर गर्छ ।

चर्को घामले पनि मुटु स्वास्थ्यलाई असर पुर्याउँछ । बाहिर निस्कदा छाता लिएर या बिहान–बेलुकीको समयमा निस्कदा राम्रो हुन्छ । घर वातानुकुलित बनाउन घामतिर पर्ने झ्याल र ढोका बन्द गरी बाक्लो पर्दा लगाउन सकिन्छ ।

मनोरञ्जनका लागि घरबाहिर निस्कदा शपिङ सेन्टर, पुस्तकालय, फिल्म हलजस्ता ठाउँमा वातानुकुलित स्थान खोजेर बस्नुपर्छ । वर्षमा एकपटक मुटुको जाँच गर्न जरुरी छ ।

प्रकाशित समय : १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु