global ime bank Long Banner Ad

गृहपृष्ठ वीरगञ्जमा चल्यो गोली

वीरगञ्जमा चल्यो गोली

वीरगञ्जमा चल्यो गोली

वीरगञ्जमा शनिबार बिहानै चार राउण्ड गोली चलेको छ ।

वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा बस्ने भारतीय नागरिक मदनप्रसाद साहलाई लक्षित गरी बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली नलाग्दा साह सकुशल रहेको बताइएको छ ।

सुतिरहेका साहलाई निशाना बनाएर ढोकाको प्वालबाट गोली प्रहार भएको थियो । साह कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेज वीरगञ्जमा कार्यरत छन् । उनलाई किन कसले गोली हान्यो भन्ने नखुलेको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रभन्दा ५० मिटर वर घटनास्थल पर्दछ भने गोली प्रहार गरेको व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु