गृहपृष्ठ चंगा उडाउने क्रममा करेन्ट लागेर बालकको मृत्यु
चंगा उडाउने क्रममा करेन्ट लागेर बालकको मृत्यु
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चंगा उडाउने क्रममा एक बालकको ज्यान गएको छ ।
स्थानीय बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चंगा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए ।
चंगा उडाएर खेलिरहेका बालक पुन चंगा विद्युत्को पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए । पोलमा चढ्ने बित्तिकै उनी तारमा अल्झिएको प्रहरीको भनाइ छ । पोखराबाट प्रहरी र विद्युत् प्राधिकरणको प्राविधिकसहितको टोली पुगेपछि मात्र बिजुलीको नांगोे तारमा अड्किएका बालकलाई बाहिर निकालिएको थियो ।
मृतक बालकको शव पोष्टमार्टमको लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
प्रकाशित समय : १५:५५ बजे



















