global ime bank Long Banner Ad

गृहपृष्ठ धनगढीमा आमहड्ताल, जनजीवन प्रभावित

धनगढीमा आमहड्ताल, जनजीवन प्रभावित

धनगढीमा आमहड्ताल, जनजीवन प्रभावित

प्रदेश ७ को नाम सुदूरपश्चिम तथा राजधानी गोदावरीमा राख्ने निर्णयले धनगढीमा तनाव बढेको छ । प्रदेशसभाले शुक्रबार नाम र राजधानी तोकेपछि धनगढीमै स्थायी राजधानी हुनुपर्ने माग गरिरहेका नगरबासी थप आक्रोशित बनेका छन् । यसअघि संसदीय समितिले प्रदेशको नाम ‘सूदुरपश्चिम’ र राजधानी ‘गोदावारी’मा राख्ने प्रस्ताव गरेदेखि नै धनगढीबासी आन्दोलित बनेका थिए । उनीहरुको आन्दोलनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र स्थानीय सरकारले पनि साथ दिएका छन् । कांग्रेसको नेतृत्वमा शनिबारदेखि धनगढीमा अनिश्चिकालीन बन्द आह्वान गरिएको छ । जसका कारण धनगढी बजार ठप्प छ भने यातायात पनि प्रभावित भएको छ ।

विभिन्न स्थानबाट गएका रात्री बसहरूलाई भित्रिन दिइए पनि दिवा सेवाका लामो दूरीका कुनै पनि सवारीसाधन चलेका छैनन् । साँझ ५ बजेपछि मात्रै लामो दूरीका गाडी चल्न दिने बन्दकर्ताले बताएका छन् ।

मोटरसाइकल चलाउन छुट दिइए पनि बन्दकर्ताहरूले रिक्सा, अटो रिक्साहरू चल्न दिएका छैनन् । बन्दकर्ताहरूले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । शनिबार परेकाले उद्योग कलकारखाना र शिक्षण संस्था भने स्वतः बन्द नै छन् ।

प्रहरीले धनगढीको सुरक्षा व्यवस्था कडा पारेको छ । बन्द आह्वानपछि ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु