global ime bank Long Banner Ad

गृहपृष्ठ निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि आन्दोलन सुरू

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि आन्दोलन सुरू

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि आन्दोलन सुरू

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डबारे उच्चस्तरीय छानबिन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा धर्ना सुरु गरिएको छ । महेन्द्रनगरको मदनचोकमा शनिबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरिएको हो ।

निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन धर्ना बस्न बाध्य भएको अधिकारकर्मी माया नेगीले बताइन् । प्रतिवेदन सार्वजनिक नगरेर सरकारले बलात्कारीलाई बचाउन खोजेको उनको आरोप छ ।

प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही नगरेसम्म धर्ना जारी रहने उनीहरुले बताएका छन् । मृतक निर्मलाका बुवा यज्ञराज पन्तले पनि तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरी तयार पारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु