global ime bank Long Banner Ad

गृहपृष्ठ धनगढीमा आन्दोलनको नेतृत्व गर्ने पक्राउ

धनगढीमा आन्दोलनको नेतृत्व गर्ने पक्राउ

धनगढीमा आन्दोलनको नेतृत्व गर्ने पक्राउ

प्रदेश ७ को राजधानी गोदावरी सारेको विरोधमा धनगढीमा भइरहेको आन्दोलनको नेतृत्व गर्ने एकजना र अर्का अटो रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानी सारेको विरोधमा आन्दोलन भइरहेका बेला धनगढीको ट्राफिक चौराहबाट राजबहादुर ऐर र अटो रिक्साचालक रामप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

दुबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको ऐरले जानकारी दिए । अटो चालकलाई पनि आन्दोलनकारी सम्झेर नियन्त्रणमा लिएको ऐरले बताए ।

जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जबर्जस्ती सवारी साधनको हावा फुस्काउने र बन्द गर्दै हिँड्नेलाई नियन्त्रणमा लिने आदेश भएको बताए ।

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु