काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल–चीन सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित : प्रचण्ड

14.01K
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।

चारदिने चीन भ्रमण पूरा गरी बुधबार बेलुकी स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भ्रमणका क्रममा नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको जानकारी दिए ।

दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्न त्यहाँको नेतृत्व वर्गसँग आफूले गम्भीररुपमा छलफल गरेको उनको भनाई थियो । अध्यक्ष दाहालले भने ‘दुई वटा सरकारकाबीच भएका पछिल्ला सहमति र समझदारी समयबद्ध ढङ्गबाट कार्यान्वयनका निम्ति वातावरण बनाउने मुख्य उद्देश्यमा सफलता मिलेको छ ।’

चिनीयाँ उपराष्ट्रपतिसँग छुट्टै र सामूहिक रुपमा छलफल गरेका अध्यक्ष दाहालले विदेश विभागका उपमन्त्री, अन्तर्राष्ट्रि विभागका मन्त्री विभागका मन्त्रीसँग भेट गरेका थिए ।

अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको शान्ति र निःशस्त्रीकरणसम्बन्धी समितिको अध्यक्षको आयोजनामा भएको बैठकमा जापान र फ्रान्सका पूर्वप्रधानमन्त्री, कोस्टारिकाका पूर्वराष्ट्रपति र मंगोलियाका उपप्रधानमन्त्रीलगायत नेतासँग सामूहिक छलफल भएको जानकारी दिए । दाहाल भारत भ्रमण लगत्तै चीन भ्रमणमा गएका थिए ।