च्याम्पियन्स लिगको पहिलो खेलमै रोनाल्डोलाई रातो कार्ड
वि.सं.२०७५ असोज ४ बिहीवार १४:११
shares

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसको यो सिजनको पहिलो खेलमा क्रिष्टियानो रोनाल्डोले रातो कार्ड पाएका छन् ।
गएराति सम्पन्न भ्यालेन्सिया विरुद्धको खेलमा रोनाल्डोले खेल भावनाविपरित काम गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए ।
रोनाल्डोले खेलको २९औं मिनेटमा बल नियन्त्रत्रणमा लिने क्रममा भ्यालेन्सियाका डिफेन्डर जिएसन मसरिलोको कपाल तानेका थिए । मसरिलो लडेपछि रोनाल्डोले तत्काल रातो कार्ड पाए ।
१० खेलाडिमा सिमित भएपनि रोनाल्डोको टिम युभेन्टसले खेलमा आफ्नो पकड कायम गर्यो । भ्यालेन्सिया २–० गोलले पराजित भयो । युभेन्टसले गरेका दुईवटै गोल पेनाल्टीमार्फत भएको थियो । ४५ र ५१औं मिनेटमा मिरलेम पेजेनिकले पेनाल्टी प्रहार गर्ने अवसर पाए र सदुपयोग पनि गरे ।
अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले स्विट्जरल्याण्डको योङ ब्वाईज एफसीलाई ३–० गोलले पराजित गरेको छ । पोउल पोग्बाले २ तथा एन्थोनी मार्सेलले एक गोल गरेर युनाइटेडको जीत सुनिश्चित गरेका थिए ।



























