अवरुद्ध सडक एक हप्तापछि खुल्यो
वि.सं.२०७५ असोज ४ बिहीवार १४:३२
shares

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ ।
सडक बगाएको ठाउँबाट खोला फर्काउनुका साथै पहाड काटेर सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको हो । भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले करीब ३० मिटर सडक बगाएको थियो । मर्मतपछि बेनीदेखि काभ्रेभीरसम्मको खण्डमा सवारी साधन सञ्चालन गर्न सकिने आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।
काभ्रेभीरमा भने सडक अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन नेपाली सेनाले बिस्फोटक पदार्थ प्रयोग गर्ने बताएको छ । सडक पूर्णरुपमा सञ्चालन गर्न अझै केही दिन लाग्ने आयोजना प्रमुख सुवेद्रीले जानकारी दिए ।

























