गृहपृष्ठ पोखरामा टिभिएस ब्रान्डको नयाँ स्कुटर
पोखरामा टिभिएस ब्रान्डको नयाँ स्कुटर
पोखरामा टिभिएस ब्रान्डको नयाँ स्कुटरको बिक्री सुरु भएको छ । टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास ब्रदर्स प्रालिले टिभिएसको नयाँ मोडल एन्ट्रोक (१२५ सिसी) को बिक्री सुरु गरेको हो ।
नयाँ स्कुटीको नायिका स्वस्तिका खड्का र जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले संयुक्त रुपमा बिक्री सुरुवात भएको घोषणा गरे । पछिल्लो पुस्ताको रुची र चाहनालाई लक्षित गरेर टिभिएले नयाँ–नयाँ मोडल बजारमा ल्याएको बतास ब्रदर्सका कार्यकारी निर्देशक प्रमेश पराजुलीले जानकारी दिए । बिक्री सुरु भएकै दिन सयवटा बाइक बुकिङ भइसकेको उनको भनाइ छ ।
जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट अग्रवालले काठमाडौंमा बिक्री सुरु भएको १० दिनमा एक हजार स्कुटी बिक्री भएको बताए । एन्ट्रोक स्कुटीमा रेस मेसिन, भेहिकल लोकेसन इन्डिकेटर, ब्लुतुथ, नेभिगेसन, पास लाइट र स्पोर्टी लुक्सलगायत विशेषता रहेको बिक्री प्रबन्धक सन्तोष पोखरेलले जानकारी दिए । नयाँ स्कुटरको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ छ ।
टिभिएसका अन्य मोडल जस्तै यो स्कुटर पनि गण्डकी धौलागिरी क्षेत्रमा अधिकांशको रोजाइमा पर्ने विश्वास कम्पनीको छ । टिभिएस अपाचे २२० सिसी, १८० सिसी, १६० सिसी, वेगो, जुपिटर, स्ट्राइकर मोडल सर्वाधिक बिक्री हुने मोडलको रुपमा रहेको पोखरेल बताउँछन् । नेपालका लागि टिभिएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्स हो ।
प्रकाशित समय : १६:०३ बजे



















