global ime bank Long Banner Ad

गृहपृष्ठ बिमाप्रति मन्त्री नै अनुदार, भन्छन्- बल्ल दिमागको घण्टी बज्यो

बिमाप्रति मन्त्री नै अनुदार, भन्छन्- बल्ल दिमागको घण्टी बज्यो

बिमाप्रति मन्त्री नै अनुदार, भन्छन्- बल्ल दिमागको घण्टी बज्यो

बिमाप्रति नीति-निर्माता नै अनुदार आरोपलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पुष्टि गरिदिएकी छन् । सरकारको अनुदार व्यवहारकै कारण बिमा फस्टाउन नसकेको आरोपका बीच सिटिजन लाइफ इन्स्योरेन्स शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री पुनले भनिन्, ‘मैले आजसम्म जीवन बिमा गरेको छैन, जीवन बिमालाई मैले वास्ता नै गरेको थिइनँ ।’

सरकारी प्रतिनिधिले नै जीवन बिमालाई बेवास्ता गरेँ भन्दा तत्काल त रमाइलै सुनियो तर यो क्षेत्रमा लागेकाहरुले भने त्यसलाई अस्वाभाविक रुपमा लिए । उनी भाषण गर्दै गइन्, ‘मैले जीवन बिमा गरेको छैन, तर अहिले यो कुरा सुन्दाखेरि ओहो ! मैले पनि गर्नुपर्ने हो कि भन्ने मेरो दिमागमा एउटा घण्टी बजेको छ ।’

बिमा समितिका अनुसार हाल ११ प्रतिशत नेपाली बिमाको पहुँचमा छन् । र, आगामी दुई वर्षभित्र २५ प्रतिशत पु¥याउने लक्ष्य समितिको छ । तर, नीति–निर्माताले बिमालाई ‘खासै वास्ता नगरेको’ बताइरहँदा समिति आफैंले पनि बिमा विस्तारका लागि अभियान नै सञ्चालन गरेको छैन, सामान्य कार्यक्रममै रमाइरहेको छ ।

मानिसले बिमाभन्दा पनि गाँस, बास र कपासको जोहो गर्न सकिरहेका बेला बिमा प्राथमिकतामा नपरेको हुनसक्ने उनको भनाइ छ । तर, अब बिमालाई पनि प्राथमिकता दिनुपर्ने बेला आएको मन्त्री पुनले बताइन् । गाउँ–गाउँसम्म बिमा सचेतना बढाउँदै बिमा गराउन कम्पनीलाई मन्त्री पुनले आग्रह गरिन् ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बिमा अब अनिवार्य भइरसकेको बताए । कार्यक्रममा ब्रान्ड एम्बेसडर मह जोडी मदन कृष्ण र हरिवंश आचार्य, क्षेत्रीय प्रबन्धक सुनिल पोखरेखलगायतले बिमाबारे बोलेका थिए ।

पोखरामा सिटिजन लाइफ इन्स्योरेन्सको ३७औं शाखा स्थापना भएको हो । कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड छ । सिटिजन्स लाइफले क्यान्सर, मुटुरोग, हृदयघात, ब्रेन ट्युमरलगायतका २० घातक रोगको ५० लाखसम्म उपचार गर्ने पोखराका शाखा प्रबन्धक छविलाल पौडेलले जानकारी गराए । उनका अनुसार कम्पनीमा हालसम्म करिब ७५ हजार बढीले बिमा गराएका छन् ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु