global ime bank Long Banner Ad

गृहपृष्ठ निर्मला हत्या प्रकरण : हत्यारालाई कारबाहीको माग गर्दै शैक्षिक हड्ताल

निर्मला हत्या प्रकरण : हत्यारालाई कारबाहीको माग गर्दै शैक्षिक हड्ताल

निर्मला हत्या प्रकरण : हत्यारालाई कारबाहीको माग गर्दै शैक्षिक हड्ताल

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पक्राउ गरि कारबाहीको माग राख्दै कञ्चनपुरमा शैक्षिक हड्ताल आह्वान गरिएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना बढि हुँदा पनि दोषी पक्राउ नगरेको र उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै नेविसंघले जिल्लामा शैक्षिक हड्ताल गरेको हो ।

सोमबारदेखि नेविसंघले दोषीलाई पक्राउ र प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शैक्षिक हड्तालको आह्वान गरेको हो । निलम्बित एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए रिपोर्ट आएपछि नेविसंघ आन्दोलित भएको हो ।

हत्यारा पक्राउ गरि कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने नेविसंघले चेतावनी दिएको छ । गत साउन १० गते घरबाट निस्किएकी निर्मला भोलीपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु