गृहपृष्ठ मस्तिष्कबारे २० अनौठा तथ्य, दहीले बनाउँछ दिमाग तेज
मस्तिष्कबारे २० अनौठा तथ्य, दहीले बनाउँछ दिमाग तेज
मस्तिष्क अर्थात् दिमाग भन्नेबित्तिकै कसको कति तेज छ भन्ने कुरा आउँछ । मस्तिष्कले हाम्रो पूरै शरीर र व्यवहारलाई नियन्त्रण गरेको हुन्छ । मानिस आफ्नो मस्तिष्ककै कारण अन्य प्राणीभन्दा अब्बल र फरक छ । हामी सबै आफ्नो मस्तिष्कलाई स्वस्थ्य राख्न र तेजिलोे बनाउन सदैव सोचिरहन्छौं । तर, मस्तिष्क आफैंमा कति अनौठो अंग हो भन्नेबारे हामीलाई थाहा नहुन सक्छ ।
१. ५-१० मिनेटसम्म मस्तिष्कमा अक्सिजन कमी भयो भने सदाका लागि मस्तिष्कले काम गर्न छोड्छ ।
२. मस्तिष्क पूरै शरीरको २ प्रतिशत हो तर यसले पूरै शरीरका २० प्रतिशत रगत र अक्सिजनको प्रयोग गर्छ ।
३. मस्तिष्क ४० वर्षसम्म बढ्छ ।
४. सर्जरी गरेर हाम्रो मस्तिष्कको आधा भाग हटाउन सकिन्छ तर पनि पुराना यादमा कुनै असर पर्दैन ।
५. जुन बच्चाले पाँच वर्षको हुनुअघि दुईवटा भाषा जान्दछ, उसको दिमाग अरुको भन्दा फरक हुन्छ ।
६. मस्तिष्कका बारेमा सबैभन्दा पहिले ६ हजार वर्ष पहिला खोजी भएको थियो ।
७. ९० मिनेटसम्म पसिनामा डुबिरहेमा सदाका लागि मनोरोगी बन्छ ।
८. सानो बच्चा यसकारण धेरै समयसम्म सुतिरहन्छ किनकि शरीरले बनाएको ५० प्रतिशत गुल्कोज मस्तिष्कले उपयोग गरेको हुन्छ ।
९. बच्चा दुई वर्षको हुँदा जीवनकालकै सबैभन्दा बढी ब्रेन सेल हुन्छ ।
१०. एक दिनमा हाम्रो मस्तिष्कमा ७०,००० विचार आउँछन्, तीमध्ये ७० प्रतिशत विचार नकारात्मक हुन्छन् ।
११. स्मार्टफोनमा धेरैबेर कुरा गरे ब्रेन ट्युमरको खतरा हुन्छ ।
१२. शरीरको आकारअनुसार हेर्ने हो भने सबै प्राणीको भन्दा ठूलो मस्तिष्क मानिसको हुन्छ ।
१३. हामी ठूलो चिन्तामा हुँदा मस्तिष्कमा चोट लागेबराबरको असर हुन्छ ।
१४. चक्लेटको बासना थाहा पाउँदा मानिसको मस्तिष्कले आराम महसुस गर्छ ।
१५. कहानी पढेमा वा सुनेमा बच्चाको मस्तिष्कको विकास छिटो हुन्छ ।
१६. नशामा पुरुषको मस्तिष्कको बनावट सेक्स गर्दाको जस्तै हुन्छ ।
१७. एउटै कुरामा धेरै समय चिन्ता लिँदा हाम्रो मस्तिष्कको सोच्ने, सम्झने र निर्णय गर्ने शक्ति हराएर जान्छ ।
१८. हाम्रो मस्तिष्कको भण्डारण क्षमता असीमित हुन्छ ।
१९. मस्तिष्क बनाउन नियमित दही खानुपर्छ ।
२०. मानिसको मस्तिष्कमा कुनै पीडा थाहा पाउने नसा हुँदैन, त्यसैले यसले चोट थाहा पाउँदैन ।
प्रकाशित समय : १७:३९ बजे



















