जन्मने बित्तिकै झाडीमा फालिएकाे शिशुको उद्धार
वि.सं.२०७५ मंसिर १८ मंगलवार २२:३३
shares

जनकपुर उपमहानगरपालिकामा झाडीमा फालिएको नवजात शिशुको उद्धार गरिएको छ । जनकपुर उपमहानगरपालिका ७ का वडाअध्यक्ष जानकीराम साहको अगुवाइमा शिशुको उद्धार गरिएको हो ।
मंलगवार दिउँसो स्थानीयले झाडीमा नवजात शिशु देखेपछि वडाअध्यक्ष साहलाई खबर गरेका थिए । खबर पाएलगतै घटनास्थल पुगेका वडाअध्यक्ष साहले तत्कालै फेला परेको नवजात शिशुको उद्धार गरेर जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि लगेका थिए ।
शिशुको नाइटोमा क्लिप समेत लागेकाले बच्चा अस्पतालमै जन्मिएको हुन सक्ने अनुमान छ । स्थानीयका अनुसार छोरी पाएको कारण वा अवैध सन्तान जन्मिएकाले फालिएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले शिशु फाल्ने आमाको खोजी गरिरहेको छ ।
जनकपुरमा यसअघि पनि शिशुलाई पोखरी, झाडीमा फालिएको अवस्थामा भेटिएको थियो । तर प्रहरीले अहिलेसम्म बच्चा फाल्ने कआमालाई पक्राउ गर्न सकेको छैन ।
























