काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु

338
shares

राँझा । नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९ औँ संस्करण आइतबारदेखि सुरु भएको छ ।

रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गरदेै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताए । उनले रामलीला नेपालगन्जको ऐतिहासिक पहिचान बनेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाँके जिल्लावासी मिलेर सामाजिक सद्भाव कायम गर्न सफल हुने विश्वास व्यक्त गरे । भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा आएको राम, सीता, लक्ष्मण, हनुमान र रावणसहित २५ सदस्यीय कलाकार टोलीले रामलीला मञ्चन सुरु गरेका छन् ।

सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरत मिलाप र रामको शुभ राज्याभिषेकसँगै रामलीला महोत्सव समापन हुने गर्दछ ।