काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ

390
shares

काठमाडौँ। बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे छन् । उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।

विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी विवादका क्रममा प्राचार्य पण्डितमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । भर्नासम्बन्धी विषयमा प्राचार्यले म्याद सकिएको जवाफ दिएपछि विवाद उत्पन्न भएको बताइएको छ ।

विद्यालयको प्राङ्गढमा नै प्राचार्यमाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । सार्वजनिक भिडियोमा एक युवकले प्राचार्य पण्डितसँग विवाद गर्दै कुरा नमिलेपछि मुक्का र लात्ती प्रहार गरेको देखिन्छ । सो घटनालाई शिक्षा तथा खेलकुद मन्त्रालयले गम्भीर रूपमा लिएको थियो ।