काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक सम्पन्न

9.84K
shares

नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) का केन्द्रीय महासचिव मोहन बैद्य ‘किरण’ले आफ्नो पार्टीले नयाँ क्रान्तिको संखघोष गर्ने बताएका छन् ।  बुटवलमा सम्पन्न पार्टीको केन्द्रीय कमिति बैठकले गरेका निर्णयबारे जानकारी दिन बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासचिव किरणले क्रान्तिको सूरुवात गर्ने बताएका हुन् ।

उनले अहिलेको सरकारले दलाल पुजीवादी र  नोकरसाही प्रणालीलाई आत्मसाथ गरेको भन्दै नयाँ  जनवादी क्रान्तिको धारमा अबको यात्रा अगाडि बढ्ने बताए । १० बर्षको जनयुद्ध संसदीय व्यवस्थाको विरुद्धमा भएको जानकारी दिँदै उनले अहिले त्यहि संसदीय व्यवस्थाको पक्षमा सरकारमा लम्पसार हुनु आफैमा लज्जाको विषय भएको  बताए ।

अहिलेको सत्ता पुरानै प्रणाली, सत्तमा केन्द्रित भएको भन्दै उनले त्यसको विरुद्धमा पनि  अबको संघर्ष केन्द्रित हुने बताए । क्रान्तिकारी कम्नुष्टिहरुको बीचमा पार्टी एकता खुल्ला भएको भन्दै उनले अहिले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सँगको एकता  भने अहिलेको लागि टुङ्गिएको बताए ।

सरकारले बनाएको प्रदेशिक संरचनामा पहिचान मेटिएको भन्दै उनले लिम्बुवान, खुम्बुवान, मगरात, थारुहट लगाएतका प्रदेश गरी १४ प्रदेशको परिकल्पना गरिएकोमा त्यस विपरितका प्रादेशिक संरचना निर्माण गरिनु निन्दनीय भएको बताए ।  नयाँ जनवादि क्रान्ति नआए सम्मको लागि अहिलेको नरोकिने उनको भनाइ थियो ।

अहिले पनि जनयुद्धका घाईते, बेपत्ता तथा पूर्व लडाकुहरुको समस्या समाधान नभएको भन्दै उनले यि समस्या थाति राखेर  शान्ति प्रक्रियाले पूर्णाता नपाउने जिकिर गरे । अहिलेको सरकारको ८ महिनालाई उनले केही पनि गर्न नसकेको संज्ञा दिए । विकास खर्च शुन्य हुनुको साथै सीमा क्षेत्र मिचाई, नेपालको नक्साबाट भू–भाग गायब  हुने जस्ता कार्यप्रति सरकारले ठोस चासो नदेखाएको भन्दै उनले यसमा गम्भीर हुन आग्रह गरे ।

क्रान्तिकारी माओवादीको बुटवलमा सम्पन्न केन्द्रीय किमिति बैठकले ६ बुँदे घोषण पत्र जारी  गरेको छ । केन्द्रीय सदस्य परि थापाका अनुसार दुई तिहाईको दम्भ प्रर्दशन गरेको बाम तथा कम्युनिस्ट पार्टी नब प्रतिक्रियावादी दलाल सरकार भएको दावी गरे । समृद्ध नेपाल र सुखी नेपाली नाराको धज्जी उडेको उनको तर्क थियो ।