काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

फ्रान्समा इन्धनमा लगाइएको कर तत्कालका लागि फिर्ता

7.07K
shares

फ्रान्सले इन्धनमा गरेको मूल्यवृद्धि तत्कालका लागि फिर्ता लिएको छ ।

आन्दोलनले हिंसात्मक रुप लिँदै गएपछि मूल्यवृद्धि फिर्ता लिन फ्रान्स सरकार बाध्य भएको हो । करवृद्धि तत्कालका लागि फिर्ता गरिएको फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले मंगलबार बताएका छन् ।

इन्धनमा मूल्यवृद्धिको विरोधमा दुई सातादेखि फ्रान्स असान्त भएको थियो । पहेलो पहिरनधारी सवारी साधन धनीहरूले गरेको प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि ६ महिनाका लागि वृद्धिको निर्णय फिर्ता लिने फ्रान्स सरकारको योजना छ ।

दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालक र प्रदर्शनकै क्रममा अन्य दुईको मृत्यु भएको थियो । सरकार विरोधी आन्दोलनमा २६३ जना घाइते भएका छन् ।