काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पुसको दोश्रो साता हिउँदे अधिवेशन बोलाउने प्रदेश सरकारको तयारी

6.81K
shares

प्रदेश-१ सरकारले आगामी पुसको दोश्रो साताबाट हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । प्रदेश सरकारले अधिवेशन आह्वान गर्न आवश्यक परामर्श थालेको छ । मुख्यमन्त्री शेरधन राईले पुषको दोश्रो हप्ताको शुरुमा हिउँदे अधिवेशन बोलाउने तयारीका साथ सरकारले सोही अनुसार आवश्य परामर्श अघि बढाइएको जानकारी दिए ।

बर्षे अबिधेशन अन्त्य भएको लामो समय भएको बताउँदै उनले हिउँदे अधिवेशन बोलाउने तयारी सरकारको रहेको मुख्यमन्त्री राईले बताए । हिउँदे अधिवेशनबाट धेरै कानुन बनाउनु पर्ने भएकाले पनि अधिवेशन डाक्न बिलम्ब गर्न नहुनेमा सरकार रहेको उनको भनाइ थियो ।

उनले प्रदेश सरकारले नाम र स्थायी राजधानीको विषय हिउँदे अधिवेशनबाट टुग्याउने जानकारी दिए । हिउँदे अधिवेशनको पहिलो या दोश्रो बैठकमा नै प्रदेशको नाम र राजधानीको विषयलाई बैठकमा प्रवेश गराउने सरकारको तयारी छ ।

उनले सबै दलसँगको सहमतिमा अब बस्ने प्रदेशसभाको बैठकमा नाम र स्थायी राजधानीको विषयलाई प्रवेश गराउने तयारीमा सरकार रहेको जानकारी दिए । प्रदेश सरकार गठन भएको करिब १० महिना हुन लाग्दा पनि प्रदेशको नाम र राजधानीको टुङ्गो लाग्ने कुरा अलपत्र छ । ७ माघमा प्रदेश सरकार गठन भएको थियो । राजधानी र प्रदेशको नामबारे बहस र छलफल व्यापक भए पनि त्यसले औपचारिक प्रस्ताव अझै प्रदेशसभामा प्रवेश नै गरेको छैन ।

प्रदेशसभाको बर्ष अधिवेशन २३ आश्विनमा अन्त्य भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीका अनुसार २२ माघमा पहिलो बैठक बसेको थियो । प्रदेशसभाको पहिलो अधिवेशनले ११ वटा विभिन्न विधेयक पारित गरेको थियो । दोश्रो अधिवेशनको अन्त्य हुँदा प्रदेशसभाले अहिलेसम्म २३ वटा विधेयक पारित गरिसकेको छ । प्रदेशसभा नबस्दा सांसदहरु फुसर्दिला देखिएका छन् ।