निर्मला हत्या प्रकरण : आशंकामा काठमाडौंबाट एक युवा पक्राउ
वि.सं.२०७५ मंसिर १९ बुधवार २२:५६
shares

कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा काठमाडौंबाट एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट नै कञ्चनपुरका एक युवालाई पक्राउ गरेको स्रोतले बताएको छ । तर, पक्राउ परेका युवाको परिचय गोप्य राखिएको छ ।
पक्राउ परेका युवाको परिवारले उनी भारत गएको भनिए पनि काठमाडौंमा भेटिएपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका युवाको डीएनए परीक्षण गर्ने तयारी गरिएको छ । कञ्चनपुर प्रहरीले घटानाका विषयमा अनुसनधान भइरहेको र शंकास्पद व्याक्तिसँग सोधपुछ भइरहेको जनाएको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला भोलीपल्ट मृत फेला परेकी थिइन् ।
























