ए डिभिजन लिग : मनाङ शीर्ष स्थानमा, जाउलाखेल पराजित
वि.सं.२०७५ मंसिर १९ बुधवार २३:०३
shares

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा मनाङले जाउलाखेललाई १–० गोलअन्तरले पराजित गरेको हो ।
मनाङका लागि अन्जन विष्टले गोल गरेका थिए । जितसँगै मनाङ १८ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा छ ।























