काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

7.4K
shares

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा महिला बाल अधिकार सञ्जाल रुपन्देहीले लिंगको आधारमा गरिने हिंसाको समग्र अवस्था विषयक अनतर्क्रिया सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै-५ नं प्रदेशका उपसभामुख कृष्णी थारुले हिंसाको सुरुवात घरबाटै हुने भएकाले अन्त्यका लागि सुरुवात पनि घरका सदस्यले नै गर्नुपर्ने बताइन् । उनले लैंगिक हिंसा हिंसा मात्रै नभएर मानव अधिकार हननको विषय भएकाले पुराना मूल्य मान्यतामा पनि परिवर्तन जरुरी रहेको उल्लेख गरिन् ।

उपसभामुख थारुले लैंगिक हिंसा मानसिक, सामाजिक, सांस्कृतिक तथा शारीरिक जुन सुकै खालका पनि हुने भएकाले हरेक खालका हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिइन् ।

यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग प्रदेश-५ का प्रमुख पवन कुमार भट्टले हरेक हिंसाको खन्त्यका लागि सरोकारवालाबीच छलफल र लक्षित समूहमा जनचेतना जगाउन जरुरी रहेको बताए ।

मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति डिपी खनालले लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछिको अवस्थामा हिंसाजन्य घटना बढ्दै जानु खतराजनक भएकाले यसको निर्मूल आवशयक रहेको बताए । महिला इन्सेक रुपन्देहीका प्रतिनिधि रिमा विसीले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न क्षेत्रमा हुने हिंसाको खोजी र निराकरण जरुरी रहेको भनाइ राखेकी थिइन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वय तथा विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा आयोजित कार्यक्रममा माइती नेपालका रुपन्देही प्रमुख माया क्षेत्री, बालअधिकार सञ्जाल रुपन्देहीका संयोजक समिता मल्ल, रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारी लगायतको सहभागीता थियो ।