काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जेनेटिक रोग सम्बन्धि पहिलो सम्मेलन काठमाडौंमा हुने

10.91K
shares

नेपालमा पहिलो पटक बंशाणु रोग सम्बन्धि सम्मेलन हुने भएको छ। सोसाइटी अफ लाइफ साइन्स नेपाल र डिकोट जेनेटिक एण्ड रिसर्च सेन्टरले उक्त कार्यक्रम गरेको हो ।

विश्वमा जेनेटिक रोगको अवस्था बढी रहेको अवस्थामा यसको निराकरणको लागि यो सम्मेलन हुन लागेको डा. विष्णुप्रसाद मरासिनीले जानकारी दिए।

३ सय भन्दा बढिको सहभागीता रहने सम्मेलनमा क्यान्सर, होचा पुड्का समस्या लगाएत अन्य जेनेटिक रोगको बारेमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलन मंसिर २१ र २२ गते शुक्रबार र सनिबार काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ ।