स्वयमसेवक दिवसको अवसरमा छलफल
वि.सं.२०७५ मंसिर २० बिहीवार ००:४७
shares

सुर्खेतमा अन्तर्राष्ट्रिय स्वयमसेवक दिवसको अवसर पारेर युवा उद्यमीबिच छलफल गरिएको छ । बुधबार आयोजना नेपालको आयोजना तथा भिएसओ नेपाल, हुरेक नेपाल र विभिन्न संघसंस्थाहरुको समन्वयमा वीरेन्द्रनगर सुर्खेतमा सामुदायिक सवलीकरणमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सुर्खेतमा सक्रिय रुपमा उद्यम गरिरहेका ३० जना बढी युवा उद्यमीहरुको सहभागीता थियो । कार्यक्रममा युवा उद्यमीहरुले संघ, प्रदेश र स्थानीय सरकारले युवा उद्यमीहरुको लागि योजना बनाएर जानुपर्ने बताए थिए ।
कार्यक्रममा वीरेन्द्रनगर-४ मा खरायो पालन गर्दै आएका रमेश रानाले युवाहरुलाई सरकारले पनि स्वयमसेवक बन्न प्रेरणा दिनुपर्ने बताए । उनले भने, ‘स्वयमसेवक भनेकै उद्यमी हुन् । उनीहरुको लागि सरकारले उतप्रेरणाका कार्यक्रमहरु ल्याउनु पर्दछ ।’
त्यस्तै आफर होमस्टेकी सञ्चालक रचना बाठाले महिला उद्यमीका लागि समेत सरकारले बजेटको व्यवस्था गरिदिनुपर्ने बताइन् । कार्यक्रममा उपस्थित युवाहरुले उद्यमलाई कसरी स्वयम्सेवामा जोड्न सकिन्छ भन्ने सवालमा समेत छलफल गरेका थिए ।






















