काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

शहीद स्मारक : आत्मघाती गोलका कारण च्यासलको जीत

7.19K
shares

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी च्यासल युथ क्लबलले दोस्रो जीत निकालेको छ ।

एन्फा मैदान सातदोबाटोमा बुधबार भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै च्यासले महत्वपूर्ण तीन अङ्क जोडेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको स्थिति उल्टाएर च्यासलले जीत निकालेको हो ।

च्यासललाई जीत दिलाउन सन्तोष साहुखलले एक गोल गरे । च्यासलले एक गोल आत्मघाती उपहार पाएको थियो । हिमालयन शेर्पाका त्रिदेभ गुरुङले एक गोल गर्दा निरज बस्नेतले आत्मघाती गोल गरे ।

खेलमा शुरुआती अग्रता भने हिमालयन शेर्पाले बनाएको थियो । खेलको १६ औं मिनेटमा त्रिदेभले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा साहुखलले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा निरजले आत्मघाती गोल गर्दा च्यासल २–१ ले विजयी भयो ।

सुनिल खड्काले प्रहार गरेको बल निरजलाई लाग्दै गोल भएको थियो । खेलमा सन्तोष ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार प्राप्त गरे । जीतसँगै च्यासलले ६ खेलबाट ७ अङ्क जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजित हिमालयन शेर्पा १० अङ्क जोडेर छैटौं स्थानमा छ ।
रासस