काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नारायण गोपालको स्मृति दिवस मनाइयो

8.32K
shares

स्वरसम्राट नारायणगोपालको सम्झनामा बुधबार २८औं स्मृति दिवस मनाइएको छ । नारायण गोपाल सङ्गीत कोषको आयोजनामा सो दिवसमा स्मृतिसभा गरेको छ ।

आजकै दिनमा विसं २०४७ मा उनले यस धर्तीबाट बिदा लिएका थिए । स्वरसम्राट नारायण गोपालको घरको प्राङ्गणमा भएको सभामा पुराना गायकलगायत नयाँ पुस्ताका युवाको बाक्लो उपस्थिति थियो ।

रचनाकार तथा कलाकार नीर शाहले नारायण गोपाल साङ्गीतिकरुपमा निकै सङ्घर्षशील रहेको चर्चा गरे । शाहले नेपाल नजानिँदो रुपमा खेलकूद र सङ्गीतमा अगाडि बढिरहेको बताउँदै खेलकूदमा अनुशासन र सङ्गीतमा गहन अध्ययन आवश्यक रहेको औँल्याए ।

उक्त अवसरमा स्मृति कोषले नारायण गोपालसँगै रहेर काम गर्ने गीतकार दिनेश अधिकारी, गीतकार डा. दीर्घसिंह बम, कलाकार तथा गीतकार नीर शाह, गीतकार राजेन्द्र रिजाल, सङ्गीतकार विश्वम्भर प्याकुरेल र कर्म योञ्जनलाई नगर २५ हजारसहित सम्मानसमेत गरेको थियो । सभामा सङ्गीतकार भूपेन्द्र राजमाझी, रचनाकार प्रकाश रायमाझी, गीतकार उन्नति शिला बोरा, सङ्गीतकार न्ह्यु बज्राचार्यलगायतको सहभागिता थियो ।
रासस