काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एपिएफलाई पराजित गर्दै पुलिस दोश्रो स्थानमा

8.4K
shares

विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई पराजित गर्दै दोश्रो स्थानमा रहेको छ । बिहीबार भएको खेलमा पुलिसले एपिएफलाई २५-१७, २५-११, २४-२६, २५-१७ को सेटमा पराजित गर्दै थप ३ अंक सहित पुलिस १४ अंकका साथ दोश्रो स्थानमा रहेको हो ।

डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब भने १५ अंकका साथ शीर्ष स्थानमा छ । एपिएफ १३ अंकका साथ तेश्रो स्थानमा छ । त्यस्तै नयाँबजार युवा क्लब ९ अंक, मणिमुकुन्द भलिबल क्लबको ८ अंक छ भने जाउलाखेल भलिबल ट्रेनिङ क्लब र ढोरपाटन स्पोटर्स क्लबले समान ३-३ अंक जोडेका छन् ।

हेल्थ नेपाल स्पोटर्स क्लब प्रतियोगिताबाट बाहिरिएको छ । ७ अंक ल्याउदै अघि बढेको क्लबले विदेशी खेलाडी सहभागी गराए पनि आवश्यक काजपत्र पेश गर्न नसके पछि प्रतियोगिताबाट बाहिरिएको बताइन्छ ।

बिहीबार भएको खेलमा ढोरपाटनले जाउलाखेललाई २५-१७, १८-२५, २५-१५ र २५-१८ को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको हो । नयाँबजार युवा क्लबले ढोरपाटनलाई २५-२२, २५-१८, २५-१८ को सोझो सेटमा पराजित गर्यो । बिहीबारको अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबले जाउला खेललाइ २५-१४, २५-१२, २५-२० को सोझो सेटमा पराजित गर्यो ।

पुष ७ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले दुई लाख पुरस्कार पाउने छन् । राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पोखरामा भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको राष्ट्रिय रेफ्रि गोपाल थापाले बताए ।