काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अर्थमन्त्री भन्छन्- तपाईंका छोराछोरी विदेशिनु पर्दैन

8.37K
shares

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी ५ वर्षमा नेपाली युवा रोजगारीको लागि विदेश जान नपर्ने बताएका छन् । पोखराको तालचोकमा बिहीबारदेखि सुरु भएको लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले अबको ५ वर्षमा नेपाली युवाहरु रोजागारको लागि विदेश जानु नपर्ने स्किम ल्याएको दाबी गरे ।

‘हामीले आगामी ५ वर्षमा विदेश जानु नपर्ने र १० वर्षभित्र सम्पूर्ण युवाहरुलाई स्वदेशमै रोजगारी दिने कुरा गरिराखेका छौं,’ उनले भने, ‘बैंकको पुँजी ऋण लिँदा व्याज अनुदानमा ऋण दिने व्याबस्था गरेका छौं ।’

युवासहित महिला उद्यमी, वैदेशिक रोजगारबाट फर्किएकाहरुको लागि पनि ऋण उपलब्ध गराउने योजना ल्याएको उनले बताए ।

सय भन्दा बढी संघ संस्थाहरुको र्याली अवलोकनपश्चात मन्त्री खतिवडाले र्यालीमा बढी महिलाहरु सहभागि भएको उल्लेख गरे । ‘तपाइहरुका छोरालाई हामीले स्वदेशमा रोजगार दिने स्किम अघि बढाएका छौं । आफ्नो नजिकको बैंक तथा वित्तीय संस्थामा गएर अनुदानमा पाउने ऋणको बारेमा बुझ्नुहोस्,’ र्यालीमा सहभागी महिलालाई सम्बोधन गर्दै भने, ‘तर यदी तपाइहरु योग्य भएर पनि पाउनु भएन भने उजुरी गर्नुहोस ।’

मेला तथा महोत्सवमा आयातित बस्तुको प्रर्दशनी कम गर्न सुझाव दिँदै उनले स्थानीय उत्पादन र स्वदेशी उत्पादनलाई मेला महोत्सवमा प्रर्दशनी गर्न आग्रह गरे । उपभोग्य बस्तुहरु स्वदेशमै उत्पादन गरी मेला महोत्सवबाट बजारीकरण र उपभोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री खतिवडाले प्रविधियुक्त बस्तुहरु समेत मेल महोत्सवमा आवश्यक भएको जनाए ।

उनले ६.६३ प्रतिशतले नेपालको आर्थिक बृद्धिदर पुग्न लागेको उल्लेख गर्दै हाल नेपालको इतिहासमै आर्थिक बुद्धिदर बढेको दाबी गरे । ‘अन्तर्राष्ट्रिय संस्थाहरुले नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशत भन्दा माथि हुनै सक्दैन भन्थे,’ उनले भने, ‘उनीहरुले घटिमा साँढे ६ प्रतिशत आर्थिक बृद्धि हुन्छ भनिरहेका छन तर हामी ७ प्रतिशत आर्थिक बृद्धि गर्ने कल्पना गरिराखेका छौं ।’

यो बर्ष आर्थिक कृयाकलाप विस्तार भइरहेको दाबी गर्दै उनले औधोगिक र विकास निमार्णका कच्चा पदार्थको आयात ४० प्रतिशतले बढेको जनाए । आर्थिक कृयाकलाप बढेसँगै लगानी बढेर औधोगिक र विकास निमार्णका कच्चा पदार्थको आयात बढ्न गएको मन्त्री खतिवडाको दाबी छ ।

उनले भने, ‘यहाँ कुनै न कुनै उद्योग आयोजना चल्न थालेर हो, विद्युत निमार्णको आयोजना छिटो हुनुले उर्जा, विद्युतको खपत बढ्दै गएको छ । त्यसको आधारबाट पनि आर्थिक कृयाकलाप विस्तार भएको दाबी गर्न सक्छौं ।’ केही विज्ञहरुले अहिलेको अबस्थामा आर्थिक बृद्धिदर घटेको छ भन्ने गरेकोमा मन्त्री खतिवडाले आर्थिक सूचकले नेपालको आर्थिक बृद्धिदर उच्च हुँदै गएको देखाएको दाबी गरे ।

उद्घाटनको अवसरमा विभिन्न जातजाती समुदायको भेषभुषा, कृषि सामग्रीको प्रर्दशनी, विभिन्न संघ संस्था सहितको झाँकी समेत प्रर्दशनी गरिएको थियो ।

महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, फुड फेष्टिबल लगायतको प्रदर्शनी गरिएको छ । उक्त महोत्सवमा ३ लाख दर्शक भित्र्याउँदै करिब २० करोडको कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।