काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराटनगरमा ५० तल्ले भ्यु टावर बन्ने

11.97K
shares

विराटनगर महानगरपालिकाले ५० तल्ले भ्यु टावर निर्माण गर्ने भएको छ । सत्यनारायण मन्दिर व्यवस्थापन समितिले ९९ वर्षको लिजमा भ्यु टावर निर्माणका लागि दुई बिघा ८ कठ्ठा जमिन उपलब्ध गराएसँगै भ्यु टावर बन्ने पक्का भएको हो ।

व्यवस्थापन समितिका अध्यक्ष बल्लभ अधिकारी, संरक्षक सल्लाहकार एवं पूर्वसचिव किशोर थापाले महानगर प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीलाई एक समारोहबीच जग्गा हस्तान्तरण गरेका छन् । विराटनगर–३ स्थित औषधि व्यवस्था कार्यालयनजिक धरान रोडसँग जोडिएको सो जग्गा आयल निगम कार्यालयनजिकै पर्छ ।

नगर प्रमुख पराजुलीले भ्यु टावर निर्माणको डीपीआर सुरू गरेर भवनको डिजाइन चाँडै गरिने बताए । ५० तल्ले भ्यु टावरभित्रै रेस्टुरेन्ट र वरपर रमणीय पार्क बन्नेछ ।

भ्यु टावरकै जग्गामा औद्योगिक प्रदर्शनी स्थलसमेत निर्माण गरिनेछ । विराटनगर औद्योगिक राजधानी भएर पनि एउटा पनि औद्योगिक प्रदर्शनी स्थल छैन । टावर निर्माणका लागि संघीय सरकारले ५० करोड रूपैयाँ सहयोग उपलब्ध गराउने बचन यसअघि नै दिएको प्रमुख पराजुलीले जानकारी दिए । पर्यटकीय पूर्वाधारको अभाव खड्किरहेको महानगरमा भ्यु टावर निर्माणलाई महत्वका साथ हेरिएको छ ।