समाज विकास र रुपान्तरणमा इन्जिनियरको महत्वपूर्ण भूमिका : ज्ञानेन्द्र कार्की
वि.सं.२०७५ असोज २२ सोमवार ००:३३
shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले समाज विकास र रुपान्तरणमा इन्जीनियरहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
इस्टर्न इन्जिनियरिङ एण्ड सोसियल डेभलोपमेन्ट नेटवर्कको आयोजानामा भएको सामाजिक गतिशिलता र इन्जिनियरहरुबीच सम्बन्ध विषयक अन्तरक्र्रियामा मन्त्री कार्कीले विकास निर्माणका कामलाई गुणस्तरीय बनाउने जिम्मा इन्जिनियरको पनि भएको बताए ।
कार्यक्रममा त्रिवि उपकुलपति प्रा.डा.तिर्थराज खनीयाले सामाजिक विकासमा ईन्जीनियरहरुको भूमिका महत्वपूर्ण हुने भन्दै व्यवसायिक बन्न आग्रह गरे ।
कार्यक्रममा नाष्टका पूर्व उपकुलपति जिवराज पोख्रेलले भने, ‘इन्जिनियरहरुको कामले समाजमा गतिशिलता प्रदान गर्दछ ।’ पोख्रेलले इन्जिनियर शिक्षाको पाठ्यक्रम परिवर्तन गरि व्यवहारिक बनाउन आवस्यक रहेको बताए । यस्तै, कार्यक्रममा इन्जिनियर एसोसिएसनका अध्यक्ष हरीराम श्रेष्ठले राज्यको संयत्र बलीयो नहुँदा व्यवसाय बलीयो बन्न नसकेको बताए ।

























