काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिभिल मलमा क्यानोन इमेज स्क्वायर

8.58K
shares

नेपालस्थित क्यानोनको आधिकारिक बिक्रेता प्रइम्याक्स इन्टरनेस्नलले पहिलो ‘क्यानोन इमेज स्क्वायर’ स्वरुमको उद्घाटन गरेको छ । बिहीबार सिभिल महलमा एक कार्यक्रमको आयोजना गरेर उक्त स्वरुमको उद्घाटन गरको हो ।

विश्वभर नै फोटोग्रफिको आवश्यकता बढिरहेका बेला नेपालमा पनि फोटोग्रफी सम्बन्धि रुची र माग बढेकाले नेपालीको आवश्यकता पूरा गनृ स्वरुमको स्थापना गरिएको क्यानोनका निर्देशक एलेक्स चनले बताए ।

हालसम्म दक्षिण एसियाका १८ देशमा तीन सयभन्दा बढी इमेज स्क्वायर रहेको उनले जानकारी दिए । क्यानोन इमेजको मुख्य उद्देश्य ग्रहकको चाहाना र आवश्यकतालाई परिपूर्ति गर्ने रहेको उनले बताए ।

स्वरुमबाट ग्राहकले नयाँ विशेषता र सुलभ मूल्यमा सेवासुविधा प्राप्त गर्न सक्ने उनले बताए । उनका अनुसार प्रइम्याक्स इन्टरनेसनले बिभिन्न ठाउँमा फोटो प्रदर्शन गर्नेछ भने क्यानोन इमेज एकेडेमीले फोटोग्रफी सम्बन्धि कक्षाहरु सञ्चालन गराउँने छ ।