काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विभागीय टोली राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा

11.61K
shares

बागलुङको गलकोटमा जारी २२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनल प्रवेश गरेका छन् ।

आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका छन् । यस्तै प्रदेश नं ५ पनि सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलमा त्रिभवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई २५–६, २५–११ र २५–८ अंकले पराजित गर्यो ।

अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर ३ लाई २५–११, २५–७ र २५–१३ को सोझो सेटमा हरायो । तेस्रो खेलमा एपिएफ क्लबले गण्डकी प्रदेशलाई २५–२०, २५–१३ र २५–१६ अंकले पराजित गर्यो भने चौथो खेलमा आर्मीले कर्णाली प्रदेशलाई २५–६, २५–२ र २५–८ अंकले हरायो ।

बिहिबार नै गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २५–१६, २५–१५ र २५–१६ अंकले तथा पुलिस क्लबले प्रदेश नं २ लाई २५–९, २५–६ र २५–१० को सोझो सेटमा पराजित गर्यो । सेमिफाइनलका खेल आज गलकोट बहुमुखी क्याम्पसको मैदानमा हुने जिल्ला भलिबल संघका अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए । (रासस)