काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काभ्रेबाट डेढ सय महिला र बालबालिका बेपत्ता

10.84K
shares

काभ्रेबाट तीन वर्षमा डेढ सय महिला तथा बालबालिका हराएका छन् । यो अवधिमा हराएका ३ सय ९६ महिला तथा बालबालिकामध्ये २ सय ५१ जना फेलापरेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ । आर्थिक वर्ष २०७२/७३ देखि हराएका १४५ भने अझै बेपत्ता छन् ।

आव २०७२/७३ देखि असोज अन्तिम सातासम्म २ सय ७९ महिला, ३३ बालक र ८० बालिका हराएकाले आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनका अनुसार आव २०७२/७३ मा १ सय ११, २०७३/७४ मा १ सय ९ र आव २०७४/७५ मा १ सय ६१ तथा चालू आवको असोज अन्तिम सातासम्म १५ महिला तथा बालबालिका हराएको निवेदन आएको छ ।

हराएका ३ सय ९६ महिला तथा बालबालिकामध्ये महिला १५८, बालक २६ र बालिका ५७ जना फेलापरेका हुन् । प्रनाउ गिरीले हराएकाहरुको खोजी गर्न जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्बिरसहित पत्राचार गरेको र खोजी तीव्र पारिएको बताए ।

उनका अनुसार हराउने महिला तथा बालबालिकामध्ये आधाजसो प्रहरीको सक्रियतामा भेटिन्छन् भने अन्य आफन्तकै पहलमा भेटिएका छन् । केही वर्षदेखि काभ्रेबाट महिला तथा बालबालिका हराउने क्रम बढिरहेकाले प्रहरीले हराएकाहरुको खोजी गर्ने छुट्टै एकाइ बनाउनुपर्ने जिल्लास्थित मानवअधिकारकर्मी भोजराज तिमल्सिना बताउँछन् । उनी भन्छन्, ‘प्रहरीले यस्तो युनिट बनाओस्, जसले हराएकाको मात्रै खोजी गरोस् ।’ (राजकुमार पराजुली/रासस)