सरकारलाई निधिको सुझाव- गम्भीर बन्नुस्
वि.सं.२०७५ कात्तिक ५ सोमवार १९:२४
shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए ।
उनले कांग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन ।’ रासस ।

























