काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गोदावरी फूल प्रदर्शनीमा ३३ लाखको काराेबार

38.33K
shares

बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ३३ लाख रूपैयाँको कारोबार भएको छ ।

प्रदेश ३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि सुरु प्रदर्शनीको २५ हजारले मेला अवलोकन गरेका र ३३ लाखको कारोबार भएको छ ।

फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु (श्रेष्ठ) का अनुसार आगामी आइतबारसम्म सञ्चालन हुने मेलामा ४५ लाख बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि लक्ष्य भन्दा माथि ७० लाखसम्म आम्दानी हुनसक्ने छ । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएको छ ।

प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ । ‘रोपेर फूल गोदावरी सजाआैँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएको छ ।

पुष्प व्यवसाय प्रवर्धन र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादन गर्न टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो ।(रासस)