काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पोखराको लेखनाथमा आदर्श महोत्सव हुने

13.61K
shares

लेखनाथको भण्डारढिकस्थित आदर्श युवा क्लबको आयोजनामा यही कात्तिक ३० गतेदेखि
प्रथम आदर्श महोत्सव–२०७५ हुने भएको छ ।

क्लबले आयोजना गर्दै आएको राष्ट्रिय फुटबल प्रतियोगितालाई समेत दिगो रुपमा सञ्चालन गरिने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । लेखनाथको भण्डारढिकको खेल मैदानमा आगामी मंसिर ९ गतेसम्म संचालन हुने उक्त महोत्सवमा विभिन्न व्यापारिक तथा कृषि उपज, रेष्टुरेण्ट लगायतका २ सय ६८ वटा स्टलहरु रहने क्लब अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए ।

स्थानीय उपजको प्रवद्र्धन गर्ने उद्देश्यले १० वटा कृषि उपजको स्टल निःशुल्क उपलब्ध गराइने भएकोे छ ।